सुनको मूल्य एक लाख दुई हजार ८०० रुपैयाँ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सुनको मूल्य एक लाख दुई हजार ८०० रुपैयाँ

काठमाडौँ । साताकाे पहिलाे दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर एक लाख दुई हजार ८०० रुपैयाँमा काराेबार भइरहेकेा छ ।

यसअघि, गत साताकाे अन्तिम दिन शुक्रबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार३०० रुपैयाँ निर्धारण गरिएकाे छ ।  

चाँदीको भाउ पनि तोलमा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँमा निर्धारण भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);