३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य

काठमाडौँ । सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँको दरले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ  कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्यमा पनि प्रतितोलमा ४५ रुपैयाँको दरले घटेको छ । बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);