साताको अन्तिम दिन नेप्से परिसूचक ५२ अङ्कले वृद्धि  | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

साताको अन्तिम दिन नेप्से परिसूचक ५२ अङ्कले वृद्धि 

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अङ्कले बढेको छ । नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख  रुपैयाँ बराबरको कारोबार भएको छ । सेयर बजारमा  वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।  

बिहीबार नेप्से परिसूचक २५६६.७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार  सेयर कारोबार रकममा समेत  उलेख्य  सुधार भएको छ ।  लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो । 

बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा  ४३ करोड ९५ लाखले वृद्धि भएको छ ।  सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ । 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);