सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सुनको मूल्य तोलामा एक हजार ६०० रुपैयाँले बढ्यो

काठमाडौँ । सुनको भाउ सोमबार  प्रतितोलामा एक हजार ६०० रुपैयाँको दरले बढेको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९८ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 
 
यसैगरी सोमबार तेजावी सुनको भाउ तोलाको ९७ हजार सात सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँको दरले बढेको छ । आइतबार एक हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३४० रुपैयाँमा  निर्धारण गरिएकाे छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);