रुपन्देहीमा ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु  | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रुपन्देहीमा ट्रिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु 

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका–४ रन्यौरामा बिहीबार साँझ ट्रिपरको ठक्करबाट साइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन् ।

लु २ ख ४३२६ नम्बरको ट्रिपरले सैनामैना नगरपालिका–७ देउपारका २७ बर्षीय बद्रि चौधरी, उनकी २६ बर्षीया श्रीमती दिल कुमारी चौधरी र ४ बर्षीया छोरी जेनिशा चौधरी सवार साइकललाई बिहीबार साँझ साढे ५ बजे ठक्कर दिएको थियो । 

दुर्घटनामा घाइते भएका चौधरी परिवारलाई उपचारको लागि साझा अस्पताल बुटवल पठाइएकोमा दिल कुमारीको उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाइतेको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय रन्यौरा रुपन्देहीले जनाएको छ । ट्रिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);