सप्तरी, २ मंसिर। संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेसले उदारता देखाए चुनावी तालमेलका लागि अझै तयार रहेको बताएका छन्।
सप्तरीमा आयोजित साक्षत्कार कार्यक्रममा बोल्दै उनले मधेसमा कांग्रेस निकै कमजोर भइसकेको र यदि राजपा र फोरमसँग तालमेल गर्ने हो भने कांग्रेसलाई फाइदा हुने विश्वास व्यक्त गरेका छन्।
गठबन्धनका कांग्रेस तयार भए अझै पनि उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न सकिने यादवले बताए । यादवले सप्तरी क्षेत्र नम्बर २ मा आफ्नो जित सुनिश्चित भएको दाबीसमेत गरे।