सुर्ती विषयमा सशस्त्र र नेपाल प्रहरीका जवानबीच कुटाकुट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौँ, २ मंसिर । पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ।

एक व्यापारीले १० किलो खैनी लिएर बारा र पर्साको सिमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरीका जवानले आफूले सो सामान समातेको र पर्सा प्रहरीको ना१प २०७५ नम्बरको मोटरसाइकलमा सवार टाइगर टोलीका प्रहरीले पनि सोही दाबी गरेपछि विवाद बढ्दै गएर कुटाकुटसमेत भएको थियो।

सादा पोसाकमा एक्लै रहेका सशस्त्र प्रहरी जवानलाई टाइगर टोलीले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन्। सो विषयमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक अनीश कर्णसँग बुझ्दा पर्साको टोलीले पर्साकै सीमाना क्षेत्रमा समातेको र बाराका सशस्त्र प्रहरीले बाराबाट समातेको भनी दाबी गर्दा सामान्य विवाद भएको बताउनुभयो।

सशस्त्र प्रहरी बीओपी विश्रामपुरका प्रहरी निरिक्षक सञ्जय गोइतले पनि सामान्य विवाद भएको बताएका छन्। – नेपाल समाचारपत्रबाट

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);