काठमाडौं, ३० कात्तिक । युएईको चार दिने औपचारिक भ्रमण पूरा गरी राष्ट्रपति विद्या भण्डारी स्वदेश फर्किएकी छन् । स्वदेश फर्के तगत्तै विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यूनाईटेड्स अरव इमिरेटस् (यूएई)को प्रविधिमैत्री विकासबाट नेपालले लाभ लिन सक्ने बताइन् ।
राष्ट्रपति भण्डारीले यूएईका युवराज शेख महम्मद विन जाहेद अल नेह्यानसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेर आएकी छन्।
राष्ट्रपति भण्डारीले यूएई युवराज नेह्यानलाई नेपाल भ्रमणको औपचारिक नियन्त्रणा गरेकी छन् । नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध विस्तार भएको ४० वर्ष पूरा भएको छ । सोही अवसर पारेर राष्ट्रपति भण्डारी यूएईको चार दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएकी हुन् ।
राष्ट्रपतिको स्वागतका लागि त्रिभवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतका सरकारका उच्च पदस्थ कर्मचारी पुगेका थिए ।