हामी अहिले लोकतान्त्रिक व्यवस्थामा छौँ। जनताले नै मत दिएर जिताएका जनताका छोरा छोरी ले नै सत्ताको बागडोर सम्हालिरहेका छन।
तर देसको मुल नेतृत्व गर्ने नेताहरु भने नेपाली जनताको भावना अनुरुप चल्न सकेको छैन। लोकतान्त्रिक पद्धतिमा पनि अघोषित रुपमा विदेसी शक्तिकेन्द्रको दबदबा नेपालमाथि छ। नेपालको नयाँ संविधान नेपाली जनताले लेखेको संविधान भनेर भनिन्छ, तर वास्तवीकता फरक छ।
संविधानमा लेखिएका धारा उपधाराका मर्म र भावना माथि नेतृत्वमा रहेकाहरुबाट नै थिचोमिचो भइरहेको छ। सिंगो देस नै देशि विदेसी खराब तत्वहरुको चंगुलमा फसेको छ। राजनीतिक दलहरु चरम गुटबन्दीको धेरामा फसेका छन। यो प्रवृति नै देश विकासको सबैभन्दा ठूलो बाधक बनेको छ।
देशको विकासमा लागाउनु पर्ने सिर्जनशील समय नेताहरुले नराम्ररी खेर फालिरहेका छन। त्यसैले आज विदेसीहरुका चाहिने नचाहिने सर्त मानेर देसविकासको नाममा नेपाल मागेर विकास गर्ने देसहरुको सुचिमा छ।
जनताको सेवा गर्छु भनेर सत्तामा गएका नेताहरु विदेसी शक्तिकेन्द्रको सेवा गर्न तल्लीन छन। नेताहरुका बीचमा स्वार्थको लडाइँमा चलिरहेको छ। जसका कारण देश विकासको गति झन झन अन्योलको भूमरीमा अल्झिरहको छ। लोतान्त्रिक व्यवस्थाको जतिसुकै भजन गाए पनि जनताले देसमा आएका परिवर्तनको प्रत्यक्ष रूपमा आभास गर्न पाएका छैनन। नेपालको संविधान २०७२ ले भने अनुसार राज्यका संरचना सञ्चालित छैनन। नेता र नेतृत्वमा रहेकाहरुले नै संविधान कुल्चीरहेका छन।
देस भ्रष्टाचारको दल दलमा फसेको छ। यस तर्फ कसैको चासो छैन। भ्रष्टाचार न्युनिकरणका लागि नेताहरुको सकृयता छैन। व्यक्तिगत भागबन्डाको आधारमा राज्यका पद नीजि सम्पती सरह बाड्ने प्रवृति हावी हुदै गएको छ। आज पनि राजनीतिक दलका नेताहरु पैसा र शक्तिको दम्भ देखाएर जनतामाथि अन्याय गरिरहेका छन। यत्रतत्र माफियावाद हावी भएको छ।
त्यसैको उपज हो एमसीसी जस्ता परियोजना। नेताहरुमा देस विकास प्रति लगाव भएको भए देसभित्र नै प्रयाप्त प्राकृतिक स्रोत साधन, दक्ष जनशक्ति र विकासको सम्भावना छ। यस तर्फ कसैको ध्यान छैन। नेतृत्वले उद्यमसिलता तर्फ ध्यान दिन सकेको छैन।
त्यसैले सानो तीनो कामका लागि विदेसी समक्ष हात फैलाउनु पर्ने अबस्था छ। यस्तो अबस्था रहे सम्म एमसीसी जस्ता परियोजना सयौको सख्यामा आए पनि नेपालको विकास सम्भव छैन। देसभित्र उद्यमसिलाता ओझेलमा राखेर विदेसीसँग मागेकै भरमा देसकिासमा काया पलट हुन सक्छ भन्ने सोच नै नेपालको विकास विरोधी सोच हो।
हाम्रो देसका मन्त्री समेत कुनै देशले कामदार माग्यो भने त्यसमा गर्व गर्छन्। युवालाई स्वदेशमा रोजगारी दिलाउन नसकेको पीडा नेतृत्वले बोध गर्न सकेको छैन। कक्ष १२ पास गरेपछि विदेशतिरै होमिन चाहाने युवा पक्ति अमेरिकाको डिभी भर्ने लामो लाइनमा पनि बस्ने गर्छ।
खाडी मुलुकमा नेपाली कामदारले विकासको लहर ल्याएका छन। कोरियाको कृर्षि नेपाली जनताले धानेका छन। तर देसको दुर्भाग्य भन्नु पर्छ नेपाल जस्तो सम्भावना नै सम्भावना बोकेको देस आज यो अबस्थामा किन पुगेको छ। नेताहरु उभिएका मञ्चबाट समृद्धिका चर्का कुरा हुन्छन तर जनताले कोरोना महामारीमा समेत गास वासको सुविधा पाएनन।
जनताकोबीचमा गएर विकास र सम्बृद्धिको आश्वासन बाँड्ने, सत्तामा पुगेपछि शक्ति केन्द्रको पुजा गर्ने जनप्रतिनिधिहरुले पनि नेपाल लाई विकासको बाटोमा डोर्याउन सक्दैनन भन्ने प्रमाणित हुदै गएको छ।
सरकारी काममा हुने ढिलासुस्ती हटाउन, भ्रष्टाचार निवार गर्न र माफियातन्त्रको जालो तोड्नका लागि सत्तापक्ष र प्रतिप्रक्षी दुबै कदम चाल्नु पर्ने आजको आवश्यक्ता हो। गुट र व्यक्तिगत स्वार्थको लडाइँ अन्त्य हुनु पर्ने आजको आवश्यक्ता हो तर सिंगो राजनीति बर्षौ देखि एमसीसी जस्ता अनुदानका लागि रुमलिएको छ।
पछिल्लो चार बर्ष देसभित्र एमसीसीको बारेमा जति चर्चा भयो यो नै लज्जाको विषय हो। त्यसैने सबै नीतिको मुल नीति मानिने राजनीतिमा सुधार नभए सम्म, नेताहरुको सोच र प्रवृतिमा परिवर्तन नआए सम्म एमसीसी जस्ता जतिसुकै हनुदान प्राप्त गरे पनि नेपाल समृद्धिको यात्रा अघि बढ्नेवाला छैन।