प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री शेरधन राई | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

प्रदेश १ सरकारमाथि खनिए पूर्वमुख्यमन्त्री शेरधन राई

काठमाडौं । पूर्वमुख्यमन्त्री तथा एमाले नेता शेरधन राईले प्रदेश १ सरकारमाथि जनहितमा काम गर्न नसकेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बिहीबार स्टाटस लेख्दै उनले जनादेशबाट नभएर अध्यादेशमार्फत सरकार बनेको र तीन महिनासम्म पनि काम गर्न नसकेको आरोप लगाएका छन् । 

सरकारको असक्षमताप्रति मुख खोल्न र खबरदारी गर्न ढिला भइसकेको भन्दै उनले तीन महिनासम्म सरकार बाँडिचुँडी खानमात्र लागि परेको आरोप लगाए । यसका लागि मन्त्रालयहरू टुक्रयाएको र मन्त्री नियुक्ति नभएको मन्त्रालयमा दुई दुई जना स्वकीय सचिव नियुक्त गरेको उनको आरोप छ । पुँजीगत खर्च र महत्वपूर्ण विकास आयोजनाहरुको बजेट कटौती गरेको राईले बताए । प्रदेश १ मा अहिले राजेन्द्रकुमार राई नेतृत्वको सरकार छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);