महोत्तरीका विद्यालयहरूमा २४ माघदेखि मेडर्ना खोप लगाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

महोत्तरीका विद्यालयहरूमा २४ माघदेखि मेडर्ना खोप लगाइने

महोत्तरी । महोत्तरीका विद्यालयहरूमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी २४ माघदेखि मेर्डर्ना खोप लगाइने भएको छ । जिल्लामा ७४ हजार मात्रा खोप आइसके पनि तयारी पूरा नभएका कारण २४ माघदेखि खोप लगाइने निर्णय भएको स्वास्थ्य कार्यालयका प्रवक्ता  लक्ष्मेश्वर झाले जानकारी दिए ।

२४ देखि २८ माघसम्म  जलेश्वर, लोहारपट्टी, मनरासिस्वा, मट्टीहानी, बल्वा, पिपरा, महोत्तरी र एकडाराका विद्यालयमा खोप लगाउने निर्णय भएको छ भने बर्दिवास, भंगाहा, गौशाला, सम्सी, रामगोपालपुर, औरही र सोनामामा २ देखि ६ फागुनसम्म लगाइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । तर, संघीय सरकारले देशैभरका विध्यार्थीलार्इ खोप लगाउन १५ देखि २० माघसम्म विद्यालय खोल्ने निर्णय गरेको थियो ।

यसैगरी विदेश जानेहरूलार्इ लक्षित गरेर स्वास्थ्य कार्यालय महोत्तरीले जोनसन खोप दिने निर्णय गरेको छ । पासपोर्टका आधारमा जिल्लाका सबै पालिकाका १८ बर्षभन्दा माथिकालाई जोनसनको खोप दिने निर्णय गरेको कार्यालय प्रमुख भोला यादवले जानकारी दिए । जिल्लाका सबै पालिकामा १० देखि १४ फागुनसम्म खोप लगाउने निर्णय पन िभएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);