एसीसी यू १९ एसिया कपको सेमीफाइनल खेल सुरु | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

काठमाडौं, कात्तिक ३० । एसीसी यू १९ एसिया कप क्रिकेट प्रतियोगिता अन्तगर्त सेमिफाइनल खेल बिहीबारबाट हुँदैछन् ।

मलेसियामा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र बंगलादेश भिड्नेछन् । पाकिस्तान समूह ‘ए’ को उपविजेता टोली हो भने बंगलादेश समुह ‘बी’ को विजेता हो ।

नेपालले दोस्रो सेमिफाइनल खेलमा अफ्गानिस्तानसँग भिड्नेछ।

पहिलो पटक युथ एसिया कप क्रिकेटको सेमिफाइनलमा पुगेको नेपाल समूह चरणको खेलमा बंगलादेशसँग पराजित भएको थियो, भने भारत र मलेसियालाई हराएको थियो। उता विश्व क्रिकेटको कान्छो टेष्ट मान्यताप्राप्त मुलुक अफ्गानिस्तान समूहमा पहिलो हुँदै सेमिफाइनलमा आएको हो ।

पाकिस्तान, श्रीलंका र युएई सम्मिलित उक्त समूहबाट अफ्गानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुग्दा श्रीलंका बाहिरिएको थियो। उमेर समूहका हरेक प्रतियोगिताका उपाधि दावेदारहरु नेपाल र अफ्गानिस्तानबीचको शुक्रबार हुने खेललाई निकै चासोका साथ हेरिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);