गोरखा पुगेर ओलीले भने - नेपालमा कांग्रेस नेतृत्वको यो नै अन्तिम सरकार | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८३, मंगलबार

गोरखा पुगेर ओलीले भने – नेपालमा कांग्रेस नेतृत्वको यो नै अन्तिम सरकार

राधा रोकाहा

गोरखा, २९ कात्तिक । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा शेरबहादुर देउवा नेतृत्वको कांग्रेस सरकार नै अन्तिम भएको दाबी गरेका छन् ।
गोरखा क्षेत्र नं. १ को आरुघाट बजारमा वाम गठबन्धनले बुधबार गरेको चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो कटाक्ष गरेका हुन् ।

गोरखाको दुवै वटा निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनकै माओवादी केन्द्रका उम्मेदवार किन भन्ने शंकालाई स्पष्ट पार्दै ओलीले भने, ‘घ्यू जहाँ पोखेपनि दालमै, अब नेपालमा कम्युनिष्टहरुको एउटा मात्र पार्टी हो ।’

सभालाई सम्बोधन गर्ने क्रममा उनले भने – ‘बुढिगण्डकी सम्झौता खारेज गर्नु सरकारको मुर्खतापूर्ण व्यवहार हो । बाम गठबन्धनको सरकार बनेपछि बुढिगण्डकी प्रभावितले उचित मुआब्जा पाउनेछ ।’ भेलालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि आरुघाट पुगेका छन् ।

गोरखा क्षेत्र नम्बर १ मा बाम गठबन्धनका तर्फबाट माअ‍ोवादीका हरिराज अधिकारी र कांग्रेसका चिनकाजी श्रेष्ठबीच प्रतिष्पर्धा हुँदैछ ।