१० लाख घुस काण्ड : वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

काठमाडौं, २९ कार्तिक । १० लाख घुस काण्डमा पक्राउ परेका कर्मचारीको बयानका आधारमा वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे पक्राउ परेका छन्। यसअघि विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर केसीलाई दश लाख घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो।

उनीहरुको बयानका आधारमा महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएपछि पक्राउ गरिएको अख्तियार श्रोतले जानकारी दियो।

मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए। वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। पाण्डे आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);