लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

लालीगुराँस कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताको दाबी

एजेन्सी । हिमाली क्षेत्रमा पाइने लालीगुराँस फुल कोभिड नियन्त्रणमा प्रभावकारी हुने भारतीय अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) का अनुसन्धानकर्ताहरुले लालीगुराँसमा पाइने तत्व कोभिड नियन्त्रणमा प्रभावकारी हुने बताएका हुन् ।

कोभिड १९ संक्रमित भेरो इ६ कोषिका (अफ्रिकी बाँदरको किड्नीको कोष) मा गरिएको परीक्षणपछि वैज्ञानिकहरुको सो निश्कर्ष आएको हो । बायोएक्स सेन्टर स्कुल अफ बेसिक साइन्सका सहप्राध्यापक डा. श्याम कुमार मसाकपालीको समूहले लालीगुराँससहित अन्य हिमाली बनस्पति, दुर्लभ र अन्य औषधियुक्त जडिबुटीको बारेमा सन् २०१९ देखि अध्ययन गरिरहेको छ । कोभिड संक्रमण फैलिएसँगै भारतीय अनुसन्धानकर्ताहरुले जडिबुटीबारे थप अध्ययन गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);