कोरोना नियन्त्रणका लागि काठमाडौं प्रशासनले जारी गर्‍यो २७ बुँदे अर्को आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कोरोना नियन्त्रणका लागि काठमाडौं प्रशासनले जारी गर्‍यो २७ बुँदे अर्को आदेश

काठमाडौं । कोरोना महामारी नियन्त्रका लागि काठमाडौं जिल्ला प्रशासनले पुन: २७ बुँदे आदेश जारी गरेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर ह्वात्तै बढेसँगै प्रशासनले विभिन्न २७ बुँदे आदेश जारी गरेको हो ।

गोष्टी, सेमिनार, बैठक गर्दा भर्चुअल माध्यमबाट गर्न र भौतिक रुपमा उपस्थितमा गर्नुपर्ने कार्यका लागि २५ जनासम्म मात्र सहभागी हुन निर्देशन दिइएको छ । माघ १५ गतेसम्म सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, हेल्थ क्लब, जिमखाना, स्विमिङ पुललगायत बन्द गर्न निर्देशन दिइएको छ ।

विद्यालय, विश्वविद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम तथा विविध शैक्षक क्रियाकलाप पनि माघ १५ सम्म बन्द गर्नुपर्ने आदेशमा उल्लेख छ । परीक्षा भने स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न सकिने बताइएको छ । सार्वजनिक स्थलमा माघ ७ गतेदेखि अनिवार्य खोप कार्ड देखाउनु पर्ने, सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने लगाएत २७ बुँदे निर्देशन जारी गरिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);