एनआरएनएका नवनिवार्चित उपाध्यक्ष आचार्यको युकेमा भव्य स्वागत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २८ कार्तिक । गैर आवासीय नेपाली संघ एनआरएनएका नवनिवार्चित उपाध्यक्ष कुल आचार्यलाई युकेमा भव्य स्वागत भएको छ । युके एनआरएनले आयोजना गरेको सम्मान कार्यक्रममा ठुलो संख्यामा नेपालीहरुको सहभागिता रहेको थियो ।

एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामीको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा बोल्दै आचार्यले एनआरएनएको मर्म, भावना र नेपालीको विश्वासलाई झनै बलियो बनाउने बताए । यो जीतले आफुलाई नेपालको आर्थिक संवृद्धिका लागि थप अभिभारा थपिएको उनको भनाई थियो ।
नवनिर्वा्चित उपाध्यक्ष आचार्यले मताधिकारसहितको नागरिकता, सामुहिक लगानी, पुर्न्निर्माणम, एनआरएनए भवन, वैदेशिक रोजगारीको समस्या लगायतका मुद्धाप्रति आफु बढि केन्द्रित हुने बताए ।

सवैको साथ अहिलेको आवश्यकता रहेकोमा जोड समेत उनले दिए । यसैगरि एनआरएनए युकेका अध्यक्ष फलामीले आचार्यको जीतले युके मात्र होइन समग्र एनआरएनएको अभियानमा ठुलो सहयोग पुगेको धारणा राखे ।

उनले आचार्य जस्ता व्यक्तिलाई एनआरएनए उपाध्यक्षमा पाउनु सवैका लागि गर्वको विषय भएको समेत वताए । नवनिर्वा्चित उपाध्यक्ष आचार्यलाई युकेमा संगठित विभिन्न सामाजिक संघ संस्थाले भव्य स्वागत गरिरहेका छन् । पेचिलो चुनावी प्रतिस्पर्धामा पनि आचार्यले लोकप्रिय मत प्राप्त गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);