पशुपतिमा बालाचर्तुदशी पर्वको तयारी पूरा, गरगहना लगाएर नआउन आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, २८ कार्तिक । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पुर्ण तयारी पुरा भएको जनाएको छ ।

कोषले मंगलबार बिहान पत्रकार सम्मेलन गरी आगामी विहिबार परेको बालाचर्तुदशी पर्वका लागि सम्पुर्ण तयारी पुरा गरेको जानकारी गराएको हो । कोषले बालाचर्तुदशीको अवसरमा दीपप्रज्वलन देखि कोर क्षेत्रमा सतविज छर्ने व्यवस्था मिलाईएको जनाएको छ । आफ्ना दिंवगत भएका पितृहरुको संम्झनामा मृतकका आफन्तजनबाट रातभर दिपप्रज्वलन गरी भोलिपल्ट सत्विज छर्ने भएकाले उनीहरुको सुरक्षा देखि सहज ढंगले कार्यसम्पन्न गर्ने सम्मको व्यवस्था कोषले मिलाएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूलशिविर बनाई संयुक्त सुरक्षा योजना अनुसार भक्तजनको सुरक्षाका लागि कोरक्षेत्रमा सतविज मार्ग र बत्ति बली बस्ने स्थानहरुमा प्रयाप्त सुरक्षाकर्मीहरु खटाईने भएको छ । मृगस्थलीभित्र मृग राखेको स्थानमा पनि सत्विज छर्ने परम्परा भएको मृगस्थली प्रवेश गर्ने द्धारमा पनि विशेष सुरक्षाकर्मीको टोली परिचालन गरिने भएको छ । कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुन सक्ने संभावनालाई मध्यनजर गरी बहुुमुल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ । त्यसैगरी छालाको जुत्ता पनि नलगाईदिन अनुरोध गरेको छ ।

मदिराजन्य पदार्थ बिक्रि वितरण हुन नदिन तथा अन्य अवाञ्छित गतिविधि नहोस् भन्नका विशेष सुरक्षा टोली परिचालन गर्नुको साथै ठाउ ठाउमा सिसि क्यामेरा जोड्ने काम गरिएको छ । सो अवसरमा कोषले विभिन्न संघ संस्थासंग मिलेर विशेष सरसफाईको योजना पनि संञ्चालन गर्ने भएको छ ।

बालाचर्तुदशीका दिन बिहानै देखि भोलिपल्ट साँझसम्म गौशाला–चारशिवालय, गौशाला–भुवनेश्वरी, जयवागेश्वरी–भुवनेश्वरी, भिमसेनस्थान पश्चिम गोल्डेनगेट, गुरुमार्ग र उमाकुण्ड दक्षिणमूर्ति तर्फका बाटोमा सवारी साधनलाई प्रवेश निषेध गरिने भएको छ । कोषले मंसिर २ गते बिहान ९ देखि १२ बजे सम्म सर्वसाधरणका लागि पशुपतिनाथमा पहिरिने कवज, मुकुट, नागमणी, एकमुखे रुद्राक्षको दर्शन गराउने व्यवस्था पनि मिलाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);