एमाले कैलाली अध्यक्षमा थापा विजयी, चन्द ४ मतले हारे | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २९ २०८१, बिहीबार

एमाले कैलाली अध्यक्षमा थापा विजयी, चन्द ४ मतले हारे

धनगढी । नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन् । आठौं अधिवेशनमा भएकाे चुनावमा थापाले २ सय ८७ मत पाउँदा चन्दले चन्दले २ सय ८३ मतमा चित्त बुझाए ।

एमाले कैलालीको उपाध्यक्षमा दुर्गा जोशी विजयी भएका छन् । उपाध्यक्षका अर्का प्रत्यासी सीताराम बुढाथोकीलाई पराजित गर्दै जोशी विजयी भएका हुन् । जोशीले ३ सय २७ मत पाए भने बुढाथोकीले २ सय ९ मत पाएका हुन् ।

सचिवमा डेजी पाण्डे २ सय ९४ मत ल्याएर विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी दानबहादुर विक २ सय ६० मत ल्याएर पराजित भएका छन् । उपसचिवमा ममता चौधरी र लोकेन्दबहादुर शाही विजयी भएका छन् ।  उपाध्यक्ष र सचिवमा विजयी भएका जोशी र पाण्डे दुबै चन्द प्यानलका उममेदवार हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);