सरकारी बेवास्ताले विचौलियाको मनोमानी, तरकारीको मूल्य १० गुणा बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ, २७ कार्तिक । सरकारले विचौलियाहरुलाई छाडा छोड्दा तरकारीको मूल्य १० गुणा महङ्गो भएको रहस्य खुलेको छ।

आपूर्ति मन्त्रालय अन्र्तगतको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आइतबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले बोलाएको बैठकमा तरकारीको मूल्य १० गुणा बढाइएको खुलासा गरेका छन्। उनले काठमाडौं उपत्यकामा प्रतिकेजी १ सय २० रुपैयाँभन्दा बढीका दरले बिक्री भइरहेको तरकारी ११ रुपैयाँमा किनेर ल्याइएको बील नै सार्वजनिक गरेका छन्।

उनले विचौलियाहरुले अभाव सिर्जना गरेर तरकारीको मूल्य आफूखुशी बढाएको बताए। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मूल्य नियन्त्रणका लागि बजारमा हस्तक्षेप गर्न सम्बद्ध सरकारी निकायहरुलाई निर्देशन दिएको छ ।

काठमाडौं उपत्यकामा तिहारपछि तरकारीको मूल्य आकासिएको छ । सबैजसो तरकारीको मूल्य प्रतिकेजी एक सय रुपैयाँभन्दा माथि पुगेपनि सरकारी निकायले भाउ घटाउन पहल नगर्दा विचौलियाको मनोबल बढेको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);