म्याग्दीको गुर्जामा हिउँमा पुरिएर एक बेपत्ता, तीन जना अलपत्र | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०८१, सोमबार

म्याग्दीको गुर्जामा हिउँमा पुरिएर एक बेपत्ता, तीन जना अलपत्र

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जामा बुधबार परेको भारी हिमपातका कारण हिउँमा पुरीएर एक जना बेपत्ता बनेका छन् । गुर्जाको सुकेलट्टेमा हिउँपातका कारण गोठ भत्किँदा ५० वर्षीय रामबहादुर छन्त्याल बेपत्ता भएको जनाकारी आफुहरुलाई आएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक स्यामकुमार राईले बताए ।

त्यसै गरी उक्त जंगलमा नै गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसेर अलपत्र भएको स्थानीयले जानाकारी दिएका छन् । बेपत्ताको खोजी र अलपत्रको उद्धारका लागि हेलिकोप्टर बोलाएको गाउँपालिका उपाध्यक्ष रेशम छन्त्यालले बताए । भारी हिमपातका कारण गुर्जा जोड्ने पदमार्ग, विद्युत र मोबाइल फोन सेवा समेत अवरुद्ध बनेको छ । म्याग्दी सदरमुकाम बेनी बाट सवारी र पैदल यात्रा गर्दा गुर्जा पुग्न तिन दिन लाग्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);