बझाङ ।बझाङको जयपृथ्वी नगरपालिका–६ मा भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
शनिवार बिहान सदरमुकामबाट रुपतौल जाँदै गरेको से १ त ५६२ नम्बरको जिप दुर्घटना हुँदा घटनास्थलमै एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा परि मृत्यु हुनेमा रिलु गाविस–८ बस्ने ४३ वर्षिय लालबहादुर बोहरा छन् । उनी जिल्ला पशु सेवा कार्यालय बझाङका कार्यालय सहयोगी हुन् ।
घाइते पाँचैजनाको उपचार जिल्ला अस्पताल बझाङमा भइरहेको हाम्रा संवाददाताले बताउका छन् ।