प्रतिगमन अन्त्यका लागि दलीय एकता आवश्यक : दुर्गा पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

प्रतिगमन अन्त्यका लागि दलीय एकता आवश्यक : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिगमन अन्त्यका लागि विभिन्न दलबीचको एकता आवश्यक रहेको बताएकी छन् । नेकपा माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले प्रतिगमन शक्ति पनि सक्रिय रहेको र यसको अन्त्यका लागि सबै दलहरूबीचको एकता आवश्यक रहेको बताएकी हुन् ।

‘अहिले पनि प्रतिगमन शक्ति सक्रिय छ’, उनले भनिन्, ‘हामीहरूबीच मतभेद रहेको भए पनि प्रतिगमन अन्त्यका लागि दलहरूबीचको एकता आवश्यक छ ।’ राष्ट्रियताका लागि दलहरू एकजुट हुनुपर्नेमा उनको जोड छ । राष्ट्रियताको रक्षा र एमसीसीलगायतका विषयमा माओवादीले उचित निर्णय लिने अपेक्षा गरेको उनले बताइन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);