जननायक रामप्रसाद राई स्मृतिमा पार्क बन्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जननायक रामप्रसाद राई स्मृतिमा पार्क बन्दै

खोटाङ । प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको स्मृतिमा पार्क निर्माण सुरू भएकाे छ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारमा रहेको ऐतिहासिक टुँडिखेलमा रामप्रसाद राई स्मृतिपार्क निर्माण सुरू भएकाे हाे । क्रान्ति नायक रामप्रसाद राईको त्याग र समर्पणलाई उजागर गर्दै ऐतिहासिक टुँडिखेललाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने लक्ष्यका साथ स्मृतिपार्क निर्माण सुरू गरिएको खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले बताए । 

हाल ऐतिहासिक टुँडिखेलमा राईको शालिक, बगैंचा, घेरावारालगायत संरचना निर्माण भइरहेको छ । फुटबल खेल्न प्रयोग हुँदै आएको टुँडिखेलको किनारामा पर्खाल, प्रतिक्षालय लगायतका संरचना बनिसकेको छ । टुँडीखेल संरक्षण तथा स्मृतिपार्कका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/६७ मा १० लाख, ०७६/०७७ मा १५ लाख र २०७७/०७८ मा १० लाख विनियोजन गरेको थियो । यस्तै, प्रदेश सरकारबाट आर्थिक वर्ष ०७५/०७६ मा २० लाख र आर्थिक वर्ष ०७७/०७८ मा स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमको १० लाख बजेट खर्च भइसकेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७७/०७८ मा डिपिआर तयार पारेर स्मृतिपार्क निर्माणको काम अघि बढाएको हो । 

ब्रिटिस सेनाको जागीर छाडेर नेपाली सेनामा भर्ती भएपछि तत्कालिन राणा सरकारले उनको कमाण्डमा खोटाङबजारमा सेना खटाएको थियो । सो टुँडिखेलमा राईले २००५ सालतिर समी, लाकुरी, सिमल र भगवती माबिको प्रांगणमा करवीर फूल रोपेको इतिहास छ । सो टुँडिखेल भने १९६३ देखि १०९० सालकोबीचमा बनेको भगवती दिनानाथ माविका प्रअ एवं खोटाङ क्याम्पस प्रमुख कुमार पराजुलीले बताए । राईले सिराहाबाट समीको बिरुवा ल्याएर टुँडिखेलको किनारामा रोपेका थिए । 

रामप्रसाद राई राणाविरोधी सशस्त्र संघर्षमा पूर्वमा जनमुक्ति सेनाका सर्वोच्च कमान्डर थिए । ००७ सालमा उनकै कमान्डमा भोजपुर अड्डा कब्जा भएकाे इतिहास छ । सरकारले १५ पुस ०७५ मा जननायक राईको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरिसकेको छ ।

जवानबाट बढुवा हुँदै लेफ्टिनेन्ट बनेका राईले खोटाङबजारमै रहेको समयमा राणा सरकारबाट निष्कासित भएपछि घर (भोजपुर) फर्किएर राणा विरोधी गतिविधि सुरू गरेका थिए । खोटाङबजार छाड्नुअघि रामप्रसादले ‘वर्ष दिनभित्र देशमा उथलपुथल हुन्छ’ भन्दै भोजपुरतर्फ हिँडेको स्थानीय बृद्ध एवं पुर्वप्रअ मणिकलाल प्रधान बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);