पञ्चायतदेखि गणतन्त्रसम्मले राेजेका जनप्रतिनिधिकाे अनुभव सबै व्यवस्था बलियाका लागि मात्रै भयाे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पञ्चायतदेखि गणतन्त्रसम्मले राेजेका जनप्रतिनिधिकाे अनुभव सबै व्यवस्था बलियाका लागि मात्रै भयाे


बैतडी । बैतडीको दशरथचन्द नगरपालिका-४ का वडा अध्यक्ष मोहन चन्दले पञ्चायतकालदेखि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्मका स्थानीय स्तरको नेतृत्व गरिरहेका छन् ।पञ्चायतकालमा खलंगा गाउँ पञ्चायतका उपप्रधानपञ्च चन्द बहुदलीय व्यवस्थाका वडाअध्यक्ष र वर्तमान व्यवस्थामा समेत वडा अध्यक्ष छन् । उनी अहिले ६८ वर्षका भए ।

चन्द पञ्चायत कालमा उपपञ्चप्रधान चुनिएका । तर, प्रधानपञ्चमा चुनिएका ब्राह्मण समुदायका व्यक्ति पूजापाठमा व्यस्त हुने भएका कारण चन्दले नै तीन वर्ष प्रधानपञ्चको भूमिका निर्वाह गरे । 

त्यसपछि ०४७ सालमा संविधान बनेपछि उनी खलंगा गाविसको एउटा वडाका अध्यक्ष बने । चन्द २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा पनि दशरथचन्द नगरपालिका-३ को वडाअध्यक्ष भए । फेरि ०७४ सालकाे स्थानीय तह (स्थानीय सरकार)मा पनि उनै मोहन चन्द दशरथचन्द नगरपालिका-४ को वडाअध्यक्षमा निर्वाचित भइ कार्यरत छन् । 

०७४ सालको स्थानीय तहको निर्वाचनमा चन्द नेपाली कांग्रेसबाट वडाअध्यक्षमा निर्वाचित भए पनि वडाका अन्य चारै जना सदस्य एमालेबाट चुनिएका छन् । चन्दले हरेक परिवर्तनका लागि भएका आन्दोलनमा सहभागिता जनाएका छन् । उनी आफै आन्दोलनको नेतृत्व गरेर भएका परिवर्तनसँ भने सन्तुष्ट छैनन् । चन्दले भने, ‘अहिलेको भन्दा उ बेलामा काम गर्न सजिलो थियो । उति बेला कानुनको पालना र सरकारी आदेशको पूर्ण पालना हुन्थ्यो । तर, अहिले हरेक कुरा पहुँच र पावरका आधारमा हुन्छन् ।’ 

वडामा आफ्नो अधिकारभित्र पर्ने हरेक काममा दबाब आउने गरेको चन्दको भनाइ छ । योजना बाँडफाँटदेखि पञ्जिकरण र आफूले गर्ने सबै काममा माथिल्लो कर्मचारी, नेता तथा पहुँवालाको दबाब आउने गरेको उनले बताए । तर, आफ्नो जिम्मेवारीबाटै कहिले विचलित नभएको चन्दले बताए । उनले भने, ‘सामान्य कामदेखि ठूला काम, गर्न मिल्नेदेखि गर्न नमिल्नेसम्मका लागि सोर्सफोर्स लगाउने प्रवृत्ति छ । तर, विगतमा जनप्रतिनिधिले भनेको अरुले मान्नुका साथै कानुनको धेरै हदसम्म पालना हुन्थ्याे ।’

चन्दका अनुसार अहिले जनतालाई अधिकार दिएको छ । तर, जनताले अधिकार उपभोग गर्न पाएका छैनन् । अझ वडा स्तर, पालिका स्तरदेखि सबै तहमा राजनीतिक नेतृत्व छनोट हुँदा माथिल्लो नेतृत्वको हस्तक्षेप हुन्छ । कर्मचारीतन्त्रमा पनि त्यस्तै छ । जस्तै जिल्लामा कुनै घटना भयो सिडिओ-डिएसपी हुँदाहुँदैँ प्रदेश प्रहरी प्रमुखले वा केन्द्रको प्रमुखले घटना हातमा लिने त्यसमा पनि राजनीतिक स्वार्थ लादिने अवस्था छ । पञ्चायत कालमा २५ हजार रूपैयाँले देखिने खालको विकास गर्न सकिन्थ्यो भने, अहिले करौडौँ आए पनि बराबरी जस्तै छ । उनले भने, ‘उतिबेला वरियता क्रमको मुल्यांकन हुन्थ्यो, अहिले छैन् । उतिबेला समस्या भएका व्यक्तिलाई सहयोग प्रदान हुन्थ्यो तर अहिले जसले पायो उसैले खायो भन्ने अवस्था छ । अहिले जसकाे लट्ठी उसैको भैँसी भन्ने उखान चरितार्थ भएको छ । यो बलियाका लागि आएको व्यवस्था रहेछ ।’  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);