राष्ट्रपति भण्डारी चारदिने मैत्रीपूर्ण भ्रमणका लागी भोलि युएई जाने | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

काठमाडौँ, २६ कार्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी भोली संयुक्त अरब इमिरेट्स (युएई) जाने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) का युवराज तथा सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा चार दिने भ्रमणका लागि भोलि युएई जान लागेका हुन्।

राष्ट्रपति भण्डारीले सोमबार युवराज नेह्यानसँग औपचारिक वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । युवराज नेह्यानसँगको वार्तापछि राष्ट्रपति भण्डारीले दुबई भ्रमण गर्ने कार्यक्रम छ ।

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औं वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिले युएईको भ्रमण गर्न लागेका हुन्। राष्ट्रपति भण्डारीका साथमा आपूर्तिमन्त्री जयन्त चन्द, राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेलसहित करिब एक दर्जन व्यक्ति पनि युएई जाँदै छन् ।  राष्ट्रपतिको टोली कार्तिक ३० गते स्वदेश फर्कने छ ।