६ वर्षमा तेस्रोपटक सर्ने भयो एमाले मुख्यालय, च्यासलमा नयाँ भवनसमेत बनाइँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

६ वर्षमा तेस्रोपटक सर्ने भयो एमाले मुख्यालय, च्यासलमा नयाँ भवनसमेत बनाइँदै

काठमाडौं । शक्तिशाली भूकम्पले बल्खुस्थित केन्द्रीय कार्यालय ध्वस्त बनाएपछि नेकपा एमालेको मुख्यालय तेस्रो पटक सर्ने भएको छ । हाल थापाथलीबाट सञ्चालित हुँदै आएको केन्द्रीय कार्यालय अब च्यासल, ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सर्ने भएको हो । १२ वैशाख २०७२ को शक्तिशाली भूकम्पपछि बल्खुबाट धुम्बाराही, धुम्बाराहीबाट केही महिनाअघि मात्र थापाथली सरेको एमाले मुख्यालय अब च्यासल कम्तिमा पाँच वर्षसम्म रहनेछ । 

तीन महिनाभित्र कार्यालयका सम्पूर्ण शाखा सारिसक्ने योजनाअनुसार प्रतिष्ठानसँग सम्झौतासमेत गरिसकेको जनाए पनि एमालेले शुक्रबार भने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीलाई थापाथलीमा नै पदभार ग्रहण गराएको छ । १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठकले थापाथलीको कार्यालय च्यासलमा सार्ने निर्णय लिँदै तीन महिनाको समयसीमा तोकेको हो ।

‘तुल्सीलाल स्मृति भवन च्यासलबाट केन्द्रीय कार्यालय सञ्चालन गर्ने गरी पाँच वर्षका लागि तुल्सीलाल स्मृति प्रतिष्ठानसँग सम्झौता गरिएको छ, आवश्यकताअनुसार त्यस भवनको मर्मत÷सम्हार तथा पुर्नव्यवस्था गरी तीन महिना भित्र सबै कार्यालय सारिसक्ने’ एमालेको निर्णयमा भनिएको छ । निणर्यानुसार केन्द्रीय कमिटीको बैठक सञ्चालन गर्न मिल्ने गरी प्रतिष्ठानको जग्गामा नयाँ हल निर्माणमा पार्टीले लगानीसमेत गर्ने भएको छ ।
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);