चारैतिर चुनावी चलहपल भईरहँदा मुसहर बस्तीमा भने छैन चुनावी उत्साह | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काठमाडौँ, २३ कार्तिक । बाढका कारण निधन भएका छोरा कमलुको अन्योष्टि गर्न नपाएकी आमा विमली सदा। तस्विर जितेन्द्र नागरिकबाट कमलु सदाको परिवार अझै पनि त्यो कहालीलाग्दो दिन सम्झेर भक्कानिन्छ। कोईलाडीको सिंगो मुसहरी टोल मुसहर बस्ती ले नै साउन २ ९ लाई कालो दिनका रुपमा सम्झिनछ। तयो दिन बाढीको रुपमा काल नै अएको थियो।

विमली सदा भन्छिन्, तयही बाढीले मेरो छोरा कमलु लाई खायो। ९ महिना कोखमा राखेर जन्माएको छोराको सदगत गर्नसमेत सकिएन। बाढीले निलेका ५ बर्षीय कमलुको अन्येष्टि गर्ने ठाउँसम्म नपाएर शव कोसीको भेलमा बगाउँदै गरेको तस्व्रि सार्वजनिक भएको थियो। झन्डै ७५, ८० परिवार बस्ने मुसहर बस्तीभित्रकी बिमली बाढीले दिएको यो घाउ कहिल्यै विर्सन नसक्ने बताउँछिन्।

बाढीले छोरा मात्र खोसने उनलार्य घरबारविही पनि बनायो। बाढीले सन्तान मात्र खोसेन बाँचेका आफुहरुको अवसथ पनि निकै दयनीय बनाएको फुदनले बताए। अहिले चारैतिर चुनावी चलहपल छ। यस बस्तीमा कतिको चुनाव लागेको छ रु भन्ने जिज्ञासा राख्दा उनी एकछिन् चुप लागे। नागरिक दैनिकमा खबर छ।