काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनकाे मतगणना शुरू भएको छ ।
६०० मतगणना गर्दा देउवाले २८८ मत ल्याएका छन् भने शेखर कोइरालाले २१२, विमलेन्द्र निधि ३९, प्रकाशमान सिंह ४२ र कल्याण गुरूङले ४ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
राष्ट्रिय सभा गृहमा शुरू भएको मतगणनाको परिणाम बिहान १० बजे सम्म सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।
१२ बजे मतगणना शुरू हुने भनिए पनि ४ घन्टा ढिलो गरि ४ बजे मतगणना शुरू भएको थियो ।