काठमाडौँ, २२ कात्तिक । नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको छ । एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिप अन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको हो ।
खेल कीर्गिस्तानको विस्केकमा भएको थियो । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार गरेको थियो भने दोस्रो हाफमा दुई गोल थप्यो ।
नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग पनि पराजित भयो । यसैगरी तेस्रो खेलमा युएईसँग पराजित भएको छ । च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले सबै खेलमा हार बेहोर्यो । चार खेलमा नेपालले एक गोल पनि फर्काउन सकेन ।