रुकुम । रुकुम पश्चिममा सवारी दुर्घटनामा परी श्रीमानकाे ज्यान गएकाे छ । श्रीमती घाइते भएकी छन् । आठबीसकोट नगरपालिका-७ औलमा रा १ प ४४१२ नम्बरको ट्याक्टर शुक्रबार बिहान दुर्घटना भएकाे हाे ।
दुर्घटनामा ट्याक्टर चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको छ । उनकी श्रीमती सपना विक घाइते भएकी छिन् । उनको आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेकाे छ ।