घरजग्गा किनबेचमा अर्बौंको राजस्व छली | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

काठमाडौं, २२ कार्तिक । सरकारले अनलाईनमार्फत घरजगा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौं रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ । भूमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुख्य १९ मालपोत कार्यालयको किनबेचको सम्पूर्ण विवरण अनलाईनमार्फत निगरानी गरेपछि विगतमा रजिस्ट्रेसनबापत अर्बौं राजस्व छली हुँदै आएको खुलेको हो।

मुलुकभरका घरजग्गाका कारोबार तथ्यांक राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाईनमार्फत निगारानी गरिएपछि एकै बर्षमा आठ अर्ब रुपैयाँ राजस्व बढेको छ। यो तथ्यांकले विगतमा मालपोतका कर्मचारी, घरजग्गा दलाल र लेखापढी व्यवसायीलगायतको मिलेमतोमा अर्बौं राजस्व छली हुँदै आएको देखाएको हो। – आजको नागरिक दैनिकबाट

ताजा समाचार