यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

dolar

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७८ पैसा र बिक्री दर ११९ रुपैयाँ ३८ पैसा कायम गरेको छ ।

युरोपियन यूरो आज एकको खरिद दर १३३ रुपैयाँ ७० पैसा र बिक्री दर १३४ रुपैयाँ ३७ पैसा रहेको छ । यूके पाउन्ड स्टर्लिङ एकको खरिद दर १५८ रुपैयाँ ८२ पैसा र बिक्री दर १५९ रुपैयाँ ६२ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ५३ पैसा र बिक्री दर १२८ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८१ पैसा र बिक्री दर ८६ रुपैयाँ २५ पैसा छ । बुधबार क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ २७ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ७५ पैसा छ । 

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३४ पैसा र बिक्री दर १० रुपैयाँ ३९ पैसा रहेको छ । चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६० पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, आज साउदी अरबियन रियाल आज एकको खरिर दर ३१ रुपैयाँ ६६ पैसा र बिक्री दर ३१ रुपैयाँ ८२ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६२ पैसा र बिक्री दर ३२ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४३ पैसा छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);