हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ५६ पैसा र बिक्री दर १२२ रुपैयाँ १६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३३ रुपैयाँ ४६ पैसा र बिक्री दर १३४ रुपैयाँ १२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ सात पैसा र बिक्री दर १६० रुपैयाँ ४९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ मात्र र बिक्री दर १३० रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ४२ पैसा र बिक्री दर ९१ रुपैयाँ ८७ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर ९७ रुपैयाँ ८६ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ ७८ पैसा र बिक्री दर ९ रुपैयाँ ८३ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ नौ पैसा र बिक्री दर १९ रुपैयाँ १८ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३२ रुपैयाँ ४१ पैसा र बिक्री दर ३२ रुपैयाँ ५७ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३३ रुपैयाँ २७ पैसा र बिक्री दर ३३ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ९७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नौ रुपैयाँ ९३ पैसा र बिक्री दर नौ रुपैयाँ  ९८ पैसा कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);