सल्यान कांग्रेस सभापतिमा विष्ट दुई मत बढी ल्याएर निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

सल्यान कांग्रेस सभापतिमा विष्ट दुई मत बढी ल्याएर निर्वाचित

दाङ । नेपाली कांग्रेस सल्यानको सभापतिमा संस्थापन पक्षका केशबहादुर विष्ट निर्वाचित भएका छन । १४औं महाधिवेशनअन्तर्गत जिल्लाको नयाँ नेतृत्व चयनका लागि सोमबार मतदान भएको थियो ।

मंगलबार मध्याह्न्न आएको मत परिणामअनुसार विष्ट दुई मत बढी ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । सभापतिका अर्का उम्मेदवार ध्रुवराज पुरी पराजित भएका छन् । विष्ट जिल्ला समन्वय समिति सल्यानका प्रमुखसमेत हुन । सल्यानमा संस्थापन पक्षकै दुवै जना सभापतिमा लडेका थिए । 

एक हजार दुई सय ३४ मतदाता रहेको सल्यानमा पुरीले ६ सय आठ मत र विष्टले ६सय १० मत प्राप्त गरेका छन् । 

उपसभापति पदमा विष्ट प्यानलका सन्तोष केसी र पुरी प्यानलका चक्र देवकोटाले निर्वाचित भएका छन् । सचिवमा पुरी प्यानलका प्रकाश भण्डारी र विष्ट प्यानलका एकराज बुढाथोकी निर्वाचित भए ।  भण्डारीको लोकप्रिय मत देखिएको छ । विजयी सबै उम्मेदवारभन्दा बढी मत भण्डारीले प्राप्त गरेका छन् । बुढाथोकी शिक्षक हुन । सहसचिवमा जनकराज गौतम र बुद्धिप्रकाश हमाल निर्वाचित भएका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);