स्थानीय तह पुनःसंरचनासम्बन्धि आयोगको प्रतिवेदनमा आलोचना | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

स्थानीय तह पुनःसंरचनासम्बन्धि आयोगको प्रतिवेदनमा आलोचना

१० माघ, काठमाडौं । सांसदहरुले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै आलोचना गरेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा सांसदहरुले आयोगको प्रतिवेदन समयानुकुल नभएको भन्दै आलोचना गरे ।

दलहरुबीच कुरा नमिलेपछि सूचना टाँस गरी संसद बैठक स्थगित

१० माघ, काठमाडौं । सांसदहरुले स्थानीय तह पुनःसंरचनासम्बन्धी आयोगको प्रतिवेदन अव्यवहारिक र अवैज्ञानिक भएको भन्दै आलोचना गरेका छन् । व्यवस्थापिका संसदको सोमबारको बैठकमा सांसदहरुले आयोगको प्रतिवेदन समयानुकुल नभएको भन्दै आलोचना गरे ।

बैठकमा नेपाली कांग्रेसका सांसद जगदीशनरसिंह केसीले पुनःसंरचना आयोगको मापदण्डअनुसार प्रतिवेदन तयार भएपनि अहिले फरक कुरा सुनिएको बताउनुभयो । उहाँले स्थानीयस्तरमा तयार पारिएको मापदण्डमा तोडमोड गरिएको आरोप लगाउनुभयो ।

राप्रपाका सांसद रेशमबहादुर लामाले पुनःसंरचना आयोगको प्रतिवेदनका सम्बन्धमा आयोगले तोकेको मापदण्ड विपरित अहिले प्रतिवेदनमा फरक कुरा आएको बताउनुभयो । त्यस्तै, नेपाली कांग्रेसकी सांसद कमला पन्तले स्थानीयस्तरमा प्राविधिक समितिले सहमतिका आधारमा पठाएको तर अहिले आयोगको प्रतिवेदनमा फरक देखिएको भन्दै आपत्ति जनाउनुभयो ।

फरक प्रसंग उठाउँदै नेकपा एमालेका सांसद प्रकाश ज्वालाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन भित्रिएको घटना उल्लेख गर्दै विमानस्थलको सुरक्षा व्यवस्थामा सरकारको ध्यानाकर्षण गराउनुभयो । व्यवस्थापिका–संसद्को अर्काे बैठक मंगलवार दिउँसो ३ बजे बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);