न्यायालय शुद्धीकरणका लागि पुनः सक्रिय बन्दै पापड, ५ बजे डाकियो बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

न्यायालय शुद्धीकरणका लागि पुनः सक्रिय बन्दै पापड, ५ बजे डाकियो बैठक

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएको नेपाल बार एसोसिएसनलाई शान्ति र लोकतन्त्रका लागि पेसागत संजाल (पापड)ले साथ दिने भएको छ । 

जनआन्दोलनका बेला सक्रिय रहेको पापडलाई पुनः सक्रिय बनाएर न्यायालयमा देखिएको विकृतिविरुद्ध एकजुट हुन पापडको बैठक बोलाइएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए । 

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेलका अनुसार बिहीबार साँझ ५ बजे महासंघको कार्यालयमा पापडको बैठक डाकिएको छ । सो बैठकले बारले जारी राखेको आन्दोलनका विषयमा निर्णय गरेर अघि बढ्नेछ । 

पापडमा नेपाल बार, पत्रकार महासंघ, नेपाल प्राध्यापक संघ, नेपाल इन्जिनियर्स एसोसिएसन र नेपाल चिकित्सक संघ आवद्ध छन् । यी सबै संगठनले यसअघि सर्वोच्चमा भइरहेको आन्दोलनका विषयमा चासो राख्दै विज्ञप्ति जारी गरिसकेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);