काठमाडौं, २० कार्तिक । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनले ६५ प्रतिशत निर्वाचन क्षेत्रमा जित्ने दाबी गरेकि छिन् ।
सोमबार ललितपुर क्षेत्र नम्बर ३ तथा प्रदेश ‘ख’ मा वामगठबन्धनको संयुक्त भेलालाई सम्बोधन गर्दै प्रवक्ता भुसालले यस्तो दाबी गरेकी हुन् ।
उनले घर दैलो कार्यक्रममा सक्रिय रुपमा लाग्न वाम गठबन्धनका नेता तथा कार्यकर्तालाई आग्रह पनि गरीन् ।