कास्कीमा १८ लाख नगदसहित ६ जना जुवाडे पक्राउ | ईमाउण्टेन समाचार

Our Network

भदौ २० २०८३, आइतबार

कास्कीमा १८ लाख नगदसहित ६ जना जुवाडे पक्राउ

juwade pakrau

पोखरा । कास्की प्रहरीले १८ लाख नगदसहित ६ जना जुवाडे पक्राउ गरेको छ । राति २ बजे पोखरा १२ चापापानीबाट उनीहरु पक्राउ परेका हुन् । नवीन गौचनको घरमा तास खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

पक्राउ पर्नेहरुमा मुस्ताङ थासाङ घर भई पोखरा १२ बस्ने नवीन गौचन, पोखरा १२ फूलबारीका काजी गुरुङ, माटेपानीका सुर्य गुरुङ, दैलेख नौमुले घर भई पोखरा २६ विजयपुर बस्ने खम्बा सिंह राना, मादी गाउँपालिका घर भई पोखरा १३ संगम टोल बस्ने खेमराज गुरुङ र पोखरा १९ घर भई वडा नम्बर १६ दीप बस्ने श्याम श्रेष्ठ छन् ।

उनीहरुको साथबाट १८ लाख ७५ हजार ५ सय ३० रुपैयाँ बरामद भएको छ । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए ।

Leave a Reply

ताजा समाचार