डडेलधुराको प्रख्यात बडाल जाँत २९ गते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

डडेलधुराको प्रख्यात बडाल जाँत २९ गते

डडेलधुरा । चौलोले प्रख्यात डडेलधुराको बडाल जाँत २९ गते अर्थात् सोमबार लाग्ने भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ बडालस्थित बडाल जाँत लाग्ने भएको हो ।

कात्तिक शुक्ल दशमीको दिन राति (रतेडी) र दोस्रो दिन (दिउसेडी) लाग्ने परम्परा रहिआएको छ । लाटा गन्याप देवताको भक्ति स्वरूप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ ।

शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ । दाइन, दमाहा, रुइसिंग, भोक्कर बाजागाजाका साथ स्थानीय हातमा ढाल तरबार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुनेगर्छ ।

आइतबार बेलुकीदेखि पूजाआजासँगै धार्मिक विधिवत् रूपमा  जात सुरु हुने मेला व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर मालीले बताए । उनले धार्मिक शक्तिसँगै चौलोले प्रख्यात बडाल जाँतमा आइतबार बेलुकीदेखि विधिवत् रूपमा देवताको पूजाआजा सुरु भएसँगै सोमबार बिहान भागेश्वर देवतालाई गाँजले ढोग गरेपछि दिउँसोको मेला शुभारम्भ हुने बताए ।

प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशीर्वाद प्राप्त हुने जनविश्वास रहेको छ । मेलामा स्थानीय अन्य गाउँबाट पनि देवरो ल्याउने चलन रहेको छ । कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देवरो आउने गरेको भए पनि मूल देवरो भने मालीगाँउबाट ल्याउने चलन रहेको छ ।

ढाल तरबार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ। यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुनेगर्छ । मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापारसमेत हुने गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);