सहिद सप्ताह सुरु, यसरी मनाईंदैछ सहिद सप्ताह | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

सहिद सप्ताह सुरु, यसरी मनाईंदैछ सहिद सप्ताह

देशका लागि प्राण त्याग गर्ने सहिदहरुको सम्झनामा आजदेखि सहिद सप्ताह सुरु, १६ गतेसम्म विविध कार्यक्रम गरि सहिदहरुको सम्झना गरिने

सहिद सप्ताह सुरु

काठमाण्डौ । मुलुकमा भएका राजनीतिक आन्दोलनका क्रममा आफ्नो जीवनको बलिदान गरेका सहिदहरुको सम्झनामा सहिद सप्ताह सुरु भएको छ ।

सहिदहरुको सम्झनामा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सात दिन सहिद सप्ताह मनाउने गरिन्छ । सोही कार्यक्रम अनुसार सोमबारवाट सहिद सप्ताह सुरु भएको हो ।

माघ १० अर्थात आजकै दिन शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थान टेकुको पचलीमा विशेष कार्यक्रम गरी श्रद्धाञ्जली दिइने कार्यक्रम रहेको छ ।

तत्कालीन जहानिया राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शुक्रराज शास्त्रीलाई टेकु पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिइएको थियो ।

माघ १६ गते ज्ञात तथा अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्नका लागि लैनचौरस्थित सहिद स्मारकमा विशेष कार्यक्रम गरिने छ ।

Leave a Reply