काठमाडौं, २० कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ६ निर्वाचन क्षेत्र रहेको मोरङमा सबैभन्दा बढी मतदाता छन् । निर्वाचन क्षेत्रका हिसाबले १० वटा क्षेत्र रहेको काठमाडौँभन्दा मोरङमा ४१ हजार ३११ मतदाता बढी छन् ।
सबैभन्दा कम मतदाता मनाङमा छन् । यसपटक निर्वाचन आयोगले मताधिकार प्राप्त एक करोड ५४ लाख २७ हजार ९३५ मतदाताको अन्तिम नामावली तयार पारिसकेको छ ।
निर्वाचन आयोगले अद्यावधिक गरेको विवरणअनुसार मोरङमा ६ लाख ४४ हजार ७८३ मतदाता छन् । मोरङमा ६ वटा निर्वाचन क्षेत्र छन् । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा ६ लाख तीन हजार ४७२ मतदाता छन् ।
काठमाडौँमा दस निर्वाचन क्षेत्र छन् । तीन निर्वाचन क्षेत्र रहेको ललितपुरमा दुई लाख २८ हजार ३३९ मतादाता छन् । दुई लाख ३३ हजार ५०५ मतादाता रहेको धादिङमा दुई निर्वाचन क्षेत्र छन् ।
भक्तपुरमा एक लाख ७८ हजार ९९ मतदाता छन् । झापामा चार लाख पाँच हजार २३६ मतदाता छन् । सुनसरीमा चार लाख ७४ हजार ३०८ मतदाता छन् । झापामा पाँच र सुनसरीमा चार निर्वाचन क्षेत्र छन् । तीन लाख ५४ हजार ४० मतदाता रहेको चितवनमा तीन निर्वाचन क्षेत्र छन् ।
पाँच निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा पाँच लाख २२ हजार ६०२ मतदाता छन् । प्रदेश २ का सबै जिल्लामा चार÷चारवटा निर्वाचन क्षेत्र छन् । जहाँ धनुषामा सबैभन्दा बढी मतदाता छन् । धनुषामा चार लाख चार हजार ६७४ मतदाता छन् । आठ जिल्लामध्ये सबैभन्दा कम मतदाता पर्सामा दुई लाख ८९ हजार ५४ छन् । यो खबर आजकोगोरखापत्रमा छ ।