९ माघ,कपिलवस्तु । कपिलवस्तुमा यस बर्ष करिब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको छ । सिँचाईको पर्याप्त सुविधाका साथै उन्नत जातका बीउ र रासायनिक मल सहज रुपमा उपलब्ध भएपछि यस बर्ष ३ अर्ब ९६ करोड २ लाख २२ हजार मूल्य बराबरको धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुका बाली विकास प्रमुख अरबिन्दमणि त्रिपाठीले वनाउनुभएको छ । कपिलवस्तुमा यस वर्ष ७० हजार ५ सय ६० हेक्टरमा धान खेती गरिएको थियो । पछिल्लो ३ बर्षको तुलनामा चालू आर्थिक वर्षमा धानको उत्पादन बढेको जनाइएको छ ।
कपिलवस्तुमा यस बर्ष करिब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन
९ माघ,कपिलवस्तु । कपिलवस्तुमा यस बर्ष करिब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको छ । सिँचाईको पर्याप्त सुविधाका साथै उन्नत जातका बीउ र रासायनिक मल सहज रुपमा उपलब्ध भएपछि यस बर्ष ३ अर्ब ९६ करोड २ लाख २२ हजार मूल्य बराबरको धान उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय कपिलवस्तुका बाली विकास प्रमुख अरबिन्दमणि त्रिपाठीले वनाउनुभएको छ ।