कमला नेहरू बाल अस्पतालमा आगो लाग्दा चार शिशुको जलेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

कमला नेहरू बाल अस्पतालमा आगो लाग्दा चार शिशुको जलेर मृत्यु

एजेन्सी । मध्य प्रदेशको एउटा अस्पतालमा आगो लाग्दा चार नवजात शिशुको मृत्यु भएको छ । मध्य प्रदेशको भोपालस्थित कमला नेहरू बाल अस्पतालको नवजात शिशु उपचार युनिट (एसएनसीयु) मा आगो लाग्दा उनीहरुको जलेर मृत्यु भएको हो ।

सर्ट सर्किटकाकारण अस्पतालमा आगो लागेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । अस्पतालको तेस्रो तलाबाट सोमबार राति ९ बजे आगो लाग्न सुरु भएको थियो । आगो नियन्त्रणमा लिन अग्नि  नियन्त्रकलाई दुई घन्टा लागेको थियो । आगोलागीपछि अस्पतालका बिरामीहरुलाई बाहिर निकालिएको थियो । आगोलागीबाट अबोध शिशुको मृत्यु भएको भन्दै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले गहिरो दुःख व्यक्त गरेका छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);