यस्तो नमूना गाउँ, जहाँ सरकारको सहयोगमा सबै घरको छत बन्यो बारी (फोटोफिचर) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

एजेन्सी, १९ कार्तिक । नयाँ आविष्कार र विचारमा चीन अन्य देश भन्दा अगाडि नै मानिन्छ । हालै चीनको सिचुआन प्रान्तस्थित जिन्ताई गाउँका मानिसले सरकारको सहयोगमा यस्तो इको फ्रेन्ड्ली (पर्यावरण अनुकूल) घर निर्माण गरेका छन्, देख्ने जो कोही पनि चकित पर्ने गर्छन् ।


सरकारको सहयोग र स्थानीयको मेहनतका कारण जिन्ताई एक आदर्श गाउँ बनेको छ । सन् २००८ मा गएको भूकम्पको कारण यस गाउँको ८० प्रतिशत घर ध्वस्त भएको थियो भने ५० लाख भन्दा बढी मानिस घरबारविहीन भएका थिए ।


त्यसपछि सरकारले स्थानीयको सहयोगार्थ यस्तो घरको डिजाईन गर्यो जुन भूकम्प प्रतिरोधी त थियो नै छतमै खेती समेत गर्न मिल्ने भयो । अहिले उक्त घरहरुमा तरकारी, फलफूल उत्पादन देखि पशुपंक्षी समेत पाल्ने गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);