तेह्रथुम : पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि म्याङलुङलाई | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

तेह्रथुम : पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि म्याङलुङलाई

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिकामा सञ्चालित पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि माङलुङ नगरपालिकाले हात पारेकाे छ । शनिबार भएको फाइनल खेलमा सहिदभूमि गाउँपालिकालाई शून्यविरुद्ध १ गोलले पराजित गर्दै म्याङलुङले उपाधिमाथि कब्जा जमाएकाे हाे  । 

फाइनल खेलको २६औँ मिनेटमा म्याङलुङका मोहन तामाङले गरेको एक मात्र गोलले भाग्य निर्धारण गरेकाे थियाे । म्याङलुङले उपाधिसँगै १ लाख नगद, प्रमाणपत्र, मेडल प्राप्त गरेको छ ।

उपविजेता सहिदभूमिले नगद ५० हजार प्रमाणपत्र र मेडलमा चित्त बुझाएकाे छ । विजेता र उपविजेता टिमलाई लालिगुराँस नगपालिकाका मेयर अर्जुन माबोहाङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता ७ कात्तिकबाट सुरु भएको थियो ।  प्रतियोगितामा तेह्रथुमसहित धनकुटा,संखुवासभा, मोरङका ११ पालिकाको सहभागिता थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);