साउदीका ११ जना राजकुमारसहित चार मन्त्री र दर्जनौँ पूर्व मन्त्री हिरासतमा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

काठमाडौँ, १९ कार्तिक । साउदी अरबमा भ्रष्टाचारको आरोप लागेका ११ जना राजकुमारसहित चार मन्त्री र दर्जनौँ पूर्व मन्त्रीलाई पक्राउ गरी हिरासतमा राखिएको छ भ्रष्टाचार अन्त्यका लागि गठित नयाँ कमिटीले चार घण्टा पनि नबित्दै उनीहरुलाई पक्राउ गरेको बीबीसीले जनाएको छ। अहिले हिरासतमा लिइएका व्यक्तिको नाम र के का लागि पक्राउ गरिएको भन्ने खुलाइएको छैन।

यस्तै साउदी राष्ट्रिय सुरक्षा र नौसेना प्रमुखलाई पनि बर्खास्त गरिएको छ। आधिकारिक रुपमा उनीहरुलाई किन हटाइएको भन्ने खुलाइएको छैन। साउदी समाचार संस्था अल अरेबियाले भने २००९ मा जेद्याहमा आएको बाढी र २०१२ मा फैलिएको मर्स भाइरसको बारेमा नयाँ तरिकाले अनुसन्धान हुन लागेको उल्लेख गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);