डोल्पाका आठमध्ये ६ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

असोज १४ २०७९, शुक्रबार

डोल्पाका आठमध्ये ६ स्थानीय तहमा एमालेको अधिवेशन सम्पन्न

डोल्पा । आठवटा स्थानीय तहमध्ये छवटा स्थानीय तहमा नेकपा एमाले डोल्पाले अधिवेशन सम्पन्न गरेको छ । छवटै स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा, गाउँ तथा नगर अधिवेशन सम्पन्न गरेको हो ।

त्रिपुरासुन्दरी नगरपालिकाले ११ वटै वडा र नगरमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्दै वडा तथा नगर अधिवेशन सम्पन्न गरेको छ । ठूलीभेरी नगरपालिकाका ११ वटै वडामा वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

आगामी आइतबार भित्र नगर अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको नेकपा एमाले डोल्पाले जनाएको छ ।  त्यसैगरी मुड्केचुला, जगदुल्ला, शे–फोक्सुण्डो र काइके गाउँपालिका पनि वडा तथा गाउँ अधिवेशन सम्पन्न भएको नेकपा एमाले डोल्पाका कार्यवाहक अध्यक्ष तुलाचन्द्र बुढाले जानकारी दिए ।

सबै नेतृत्वहरू सर्वसम्मत रूपमा चयन गरिएको उनको भनाइ छ ।  डोल्पोबुद्ध र छार्काताङ्सोङ् गाउँपालिकामा वडा अधिवेशन हुँदै गरेकाले अब छिट्टै गाउँ अधिवेशन पनि सम्पन हुने बुढाको बताए ।

अधिवेशका क्रममा माओवादीको पटक क्षेत्र मानिएको मुड्केचुला गाउँपालिकामा ४७ जनाले माओवादी परित्याग गरी एमाले प्रवेश गरेको बुढाले बताए । विकट ठाउँ भएकाले अधिवेशन समयमै सम्पन्न गर्न समय लागेको बताएको छ । 

Leave a Reply