भारतद्वारा ५ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल परीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

भारतद्वारा ५ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने मिसाइल परीक्षण

एजेन्सी । भारतले अग्नि–५ मिसाईलको सफल परीक्षण गरेको छ । उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा पुग्ने मिसाईल परीक्षण गरेको हो । मिसाईलले पाँच हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ ।

मिसाइललाई भारतको रक्षा अनुसन्धान तथा विकास संगठन (डीआरडीओ) ले बिकिसत गरेको थियो । अन्तरमहादेशीय व्यालेष्टिक मिसाईल (आईसीबीएम) आणविक क्षमता रहेको सो मिसाइलले अत्याधुनिक आणविक हतियार बोक्न सक्ने जनाइएको छ ।  जुनमा भारतले अग्नि प्राइम मिसाइल परीक्षण गरेको थियो । आणविक क्षमतायुक्त सो मिसाइलले २ हजार किलोमिटर टाढासम्म मार हान्न सक्ने जनाइएको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);