आजको मुद्रा विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आजको मुद्रा विनिमय दर

dolar

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८३ पैसा र बिक्री दर १२० रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ७७ पैसा र बिक्री दर ९० रुपैयाँ २२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९७ रुपैयाँ ४८ पैसा छ । 

यसैगरी, मंगलबार युरोपियन यूरो एकको खरिद दर १३९ रुपैयाँ ३० पैसा र बिक्री दर १३९ रुपैयाँ ९९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६५ रुपैयाँ ०३ पैसा र बिक्री दर १६५ रुपैयाँ ८६ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ४१ पैसा र बिक्री दर १३१रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ८६ पैसा रहेको छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५४ पैसा र बिक्री दर १० रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ९१ पैसा र बिक्री दर ३३ रुपैयाँ ०८ पैसा रहेको छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ९५ पैसा र बिक्री दर ३२ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्री दर २९ रुपैयाँ ०१ पैसा रहेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);